चिनियाँ दूतावास अगाडिबाट समातिए ३३ जना युवाहरु

समाचार

pradsashan

काठमाडौं । चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको छ।

चीनले नेपाली भूभाग मिचेको भन्दै विरोध प्रदर्शन गर्न युवाहरुको टोली दूतावास अघि पुग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनका लागि मूल सडकमा पुग्न नपाँउदै भित्रि गल्लिबाट प्रहरीले नियन्त्रणमा लिएको सिजर भट्टले जानकारी दिए। नियन्त्रणमा रहेकाहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँमा राखिएको छ।

 

विरोध प्रदर्शन स्वतन्त्र नेपाली नागरिक समूहका युवाले गरेको भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार