म्याद गुज्रेका समानमा नयाँ मिति राखेर बेच्ने ४ जना पक्राउ

अर्थ/बाणिज्य

choklate godam ma chhapa3

काठमाडौं । म्याद गुज्रिएका सामान बिक्री गरेको भन्दै प्रहरीले कलंकीको एयसटी प्रालिको गोदाममा छापा हानेको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले म्याद नाघेको सामग्रीमा नयाँ लेबलिङ गरेर सामान बिक्री गरेको पाइएपछि गोदाममा छापा हानेको हो । कलंकीको एक घरमा राखिएको गोदाममा चकलेट र बेकरी सामानमा नयाँ लेबलिङ गर्दैै गरिएको अवस्थामा छापा हानिएको कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए ।

उनका अनुसार केकमा प्रयोग गरिने चेरी, पिठो, तेल लगायतमा पनि म्याद गुज्रिएको पाइएको छ ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत समस्तीपुर, विहारका ५२ वर्षीय अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, प्रविन बंका र सुमित अग्रवाल छन् ।

बिहीबार पनि प्रहरीले म्याद गुज्रिएका सामानमा नयाँ लेबलिङ गर्दै गरिएको कलंकीस्थित एक गोदाममा छापा हानेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार