काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । त्यस्तै, गत २४ घण्टामा १ हजार ३ सय २९ संक्रमित उपचारपछि घर फर्किएका छन् यो सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।
आज देशभर १२ हजार ७ सय ८४ जनाको पीसीआर गरिएको छ । अहिले नेपालमा २२ हजार २ सय १९ सक्रिय संक्रमित छन् ।
आज थप ७ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।