कोरोनाले ३४ सिकिस्त, यी जिल्लामा शून्य सक्रिय संक्रमण

समाचार

काठमाडौं । देशका विभिन्न कोभिड अस्पतालमा ४३ कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा १ जना बागमतीमा २७ र प्रदेश ५ मा ६ जना भेन्टिलेटरमा रहेका छन् । यसैगरी २२६ जना आईसीयुमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा २८, प्रदेश २ मा १७, बागमतीमा ११२, गण्डकीमा ६, प्रदेश ५ मा ४४, कर्णालीमा १५ र सुदूरपश्चिममा ४ जना आईसीयूमा रहेका छन् ।

यस्तै मोरङ, सिरहा, काठमाडौंँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ र डोल्पामा १ जना पनि कोरोना संक्तमित रहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार