कोरोना परीक्षणको नयाँ विधि विकसित, के छ यसको विशेषता ?

अन्तराष्ट्रिय

corona

कोरोना भाइरसविरुद्ध लडिरहेका वैत्रानिकले परीक्षणमा तिब्रता दिन नयाँ विधि पत्ता लगाएका छन् । परीक्षणको यो नयाँ विधिको विशेषता भनेको यसमा रसाइनिक पदार्थको प्रयोग हुने छैन ।

रसाइनिक पदार्थको प्रयोग नगरी सटिक नतिजा दिने विधि यसलाई मानिएको छ । यो विधिले ती विकाशिल देशलाई फाइदा पुग्ने छ, जो रसाइनिक पदार्थको अभावसंग जुधिरहेका छन् ।

पिएलओस बायलोजी पत्रिकामा प्रकाशित समाचार अनुसार अहिले कोरोनाको परीक्षणमा रिभर्स ट्रन्सक्रिप्सन पलिमरेज चेन रियक्सन (आरटी–पिसिआर) धेरै मात्रामा प्रयोग भइरहेको छ । यो परीक्षणमा रसाइनिक पदार्थको प्रयोग गर्नु पर्छ ।

अमेरिकाको वासिंगटन डिसीका शोधकर्ताहरूले त्यस्ता २१५ नमुनाको परीक्षण गरे, जसको आरटी पिसिआर परीक्षण गर्दा पोजेटिभ नतिजा देखाएको थियो । यो नयाँ विधिले परुीक्षण गर्दा पोजेटिभ नमूनाको ९२ प्रतिशत र नेगेटिभ नमूनाको १०० प्रतिशत नतिजा सटिक मिलेको थियो । यस्तै नतिजा आरटी–पिसिआर परीक्षणमा पनि पाइएको थियो ।

शोधकर्ताका अनुसार नयाँ विधिले ती पोजेटिभ नमूनाको पहिचान गर्न असफल रह्यो, जसलाई कोरोनाको लक्षण अति कम थियो । शोधकर्ताले यसलाई अत्यन्त सकारात्मक नतिजा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार