इन्द्रावती गाँउपालिकाले सुरु गर्यो पशु बिमा कार्यक्रम

अर्थ/बाणिज्य

in

सिन्धुपाल्चोक । इन्द्रावती गाँउपालिकामा व्यावसायीक कृषसहरुलाई प्रोत्साहीत गर्ने उदेश्यले गाँउपालीकाले पशु धन बिमा कार्यक्रम सुरु गरेको छ ।

गाँउपालिकाले बिमा ऐन २०४९ बमोजीम कारोबार गर्न इजाजत प्राप्त संस्थासंग गाँउपालिका भरीका पालिएका पशु चौपायाहरुको बिमा गरीने भएको हो । बिमा शुल्क दर, बिमाका शर्तहरु बिमा समितिको निर्देशिका तथा परीपत्र बमोजीम हुनेगरी सम्झौता भएको छ ।

गाँउपालिका भित्र पशु धन बिमा गर्न इच्छुक पशुधनीहरूले गाँउपालिकाले पशुधन बिमा गर्न सम्झौता गरेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत पशु चौपायको बिमा गर्न सकिने गाँउपालिकाले जनाएको छ ।

यसरी बिमा गर्दा बिमाशुल्कमा अनुदानको व्यावस्था पछि हुन आउने ५० प्रतिशत रकम गाँउपालिकाले अनुदानको रुपमा उपलब्ध गराउने छ भने बाँकी ५० प्रतिशत भने सम्बन्धित पशुधनीले नै व्यहोर्नुपर्ने छ ।

पशु बिमा कार्यक्रमको लागि इन्द्रातवी गाँउपालीकाले चालु आर्थीक बर्ष २०७७÷७८ मा १० लाख ५० हजार रुपैंया रकम विनियोजन गरेको छ । गाँउपालिका भित्र चालु आर्थिक बर्षमा करीव १५ सय वटा गाई, भैंसी लगायतका ठूला पशुहरु र ३५ सय वटा बाख्रा लगाएतका साना पशु चौपायहरुको बिमा गर्न सकिने गाँउपालिकाले बताएको छ । यस बिमा कार्यक्रमबाट गाँउपालिकाभित्र करीव १७ करोड बराबरको पशुधनको विपदबाट हुन आउने क्षतीको शुरक्षण हुने गाँउपालिकाले अनुमान गरेको छ । हालको बिमा कार्यक्रम १ बर्षको लागी मान्य रहनेछ ।

गाँउपालिकाभित्र पशुधनको बिमा गराउन चाहने इच्छुक पशुधनी पहिचान गर्ने, बिमा सम्झौता गर्ने, पशुहरुको कानमा ट्याग लगाउने लगायतका काममा गाँउपालिकाका प्राविधिकहरूले पशुधनीलाई सहयोग गर्ने बताएको छ ।

आज विश्व पशु दिवसको अवसरमा गाँउपालिका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा पालीकाको वडा नम्बर १२ मा भएको उद्घाटन कार्यक्रममा पशुपालक कृषकहरूले गाँउपालिकाले सुरु गरेको कामले पशुपालन कार्यमा थप हौसला थपेको बताएका छन् ।

इन्द्रावती गाँउपालीका कृषि उपज उत्पादनमा प्रचुर सम्भावना भएकाले बिमा कार्यक्रमले व्यावसायिक रुपमा कृषि कर्म गरिरहेका र पशुपालनमा रहेका किसानहरूलाई ढुक्क हुने वातावरण सृजना भएकाले कृषि तथा पशुपालनमा व्यावसायीकता ल्याई जिवनस्तर सुधार गर्दै लैजान मद्धत पुग्ने इन्द्रावती गाँउपालिकाका अध्यक्ष तथा गाँउपालिका राष्ट्रीय महासंघका महासचिव बंशालाल तामाङले बताए ।

पशु बिमा कार्यक्रम पूर्ण रुपमा कार्यन्वयन हुंदा दुग्धजन्य र मासुजन्य पदार्थमा गाँउपालिका आत्मनीर्भर हुने र किसानहरुको बार्षिक १७ करोड बराबरको नोक्सानी हुनबाट किसानहरूलाई जोगाउन सकिने अध्यक्ष तामाङले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार