मंगलबारको मौसम ःयीप्रदेशमा हुँदै छ सामान्य वर्षा

समाचार

mausam sudhar 7 7ii1gBpbzI

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार