२४ घण्टामा थपिए १ हजार ५५१ संक्रमित

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ४७ जनाको पीसीआर गर्दा आज १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । जसमध्ये २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित हुन् । त्यस्तै, आज २ हजार ३ सय ४० संक्रमित उपचारपछि घर फर्किएका छन् । योसहित संक्रणमुक्त हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।

आज ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार