उपत्यकामा थपिए आज १ हजार १७ संक्रमित

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । मंगलबार उपत्यकामा १ हजार १७ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ । आज उपत्यकाको काठमाडौंमा ७ सय ८३, ललितपुरमा १ सक्ष् १८ र भक्तपुरमा १ सय १६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

गत २४ घण्टामा देशभर १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा आज १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । जसमध्ये २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित हुन् ।

आज २ हजार ३ सय ४० संक्रमित उपचारपछि घर फर्किएका छन् । योसहित संक्रणमुक्त हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । मंगलबार ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार