समाचार
बुटवल । प्रदेश नं ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव त्यहाँको प्रदेशसभाले दुईतिहाइ बहुमतसहित अनुमोदन गरेको छ।
मङ्गलवार भएको मतदानमा उक्त प्रस्तावलाई दुईतिहाइ सांसदहरू समर्थन गरेका थिए। उक्त प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ सांसद देखिएका थिए।
प्रदेश सरकारले उक्त प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेपछि विभिन्न स्थानमा विरोधप्रदर्शनहरू भएका थिए। प्रदेशसभा भएको बुटवलमा हिंसात्मक घटनाहरू पनि भएका थिए।