जब पृथ्वीबाट नांगो आँखाले मंगलग्रह देखिनेछ . . .

विज्ञान प्रविधि

prithbi

एजेन्सी । नासाले दिएको जानकारी अनुसार ६ अक्टोबरमा मंगलग्रह पृथ्वीको यति नजिक हुनेछ कि नांगो आँखाले पनि देख्न सकिनेछ । नासाकाअनुसार मंगलग्रह पृथ्वीको नजिक आउने खगोलिय घटना हरेक दुई वर्ष (२६ महिना) मा एक पटक हुन्छ ।

यसकारण अर्को पटक मंगलग्रह र पृथ्वी दुवै एअर्काका नजिक डिसेम्बर २०२२ भन्दा पहिले आउनेछन् । तर, नजिक आएको भए पनि पृथ्वीबाट मंगलग्रहको दूरी ३८.६ मिलियन मिल हुनेछ ।

सन् २००३ मा मंगलग्रह पृथ्वीबाट ३४.८ मिलियन मिलसम्म नजिक आएको थियो, जुन ५९ हजार ६१९ वर्षमा सबैभन्दा नजिक थियो । आगामी २ हजार २८७ वर्षसम्म यो अर्को पटक पृथ्वीको यति नजिक आउने छैन ।

यस घटनालाई खगोल विज्ञानमा ‘मार्स एप्रोच’ भन्छन् । जब–जब मार्स क्लोज एप्रोचको घटना हुन्छ, तब –तब मंगलग्रह राति चन्द्रमाजत्रो ठूलो देखिने हल्ला चलाइन्छ जुन साँचो होइन ।

तपाई टेलिस्कोपको सहायताले यसलाई राम्रोसंग देख्न त सकिन्छ । तर योभन्दा राम्रोसंग हेर्न चाहनुहुन्छ भने आफ्नो वरीपरीको ताराघर वा एस्ट्रोनामी सैन्टरबाट देख्न सकिन्छ ।

हरेक दुई वर्षमा यो घटना हुने भएकालेनै मंगलग्रहमा जाने मिसन आमरूपमा दुई वर्षको अन्तरमा पठाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार