चण्डोलको ‘जोडियाक मार्केटिङ’मा प्रहरी छापा, करोडौंका म्याद सकिएका समान बरामद

अर्थ/बाणिज्य

chhapa V2jwRveWRn

काठमाडौं । काठमाडौं महानगरपालिका–४ चण्डोलस्थित जोडियाक मार्केटिङ टिस्ट्रिब्यूटर्समा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले छापा मारेर सो डिस्ट्रीब्यूटर्सबाट करिब ३ करोड मुल्य पर्ने म्याद सकिएको खाद्य सामग्री बरामद गरेको छ ।

म्याद गुज्रेको सामानलाई पुनः नयाँ मिति प्रिन्ट गरेर बजारमा पठाउने डिस्ट्रीब्यूटर्सका सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताए । पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोहिया, लेखापाल मुकेश रौनियर र स्टोर किपर अनिल मगर छन् ।

चण्डोल स्थित सो डिस्ट्रीब्यूटर्सबाट प्रहरीले म्याद नाघको बिस्कुट, तेल, बच्चाको लागी प्रयोग हुने डाईपर, टिस्यू पेपर र चकलेट बरामद गरेको छ । म्याद सकिएको खाद्या सामग्रीमा नयाँ मिति प्रिन्ट गर्ने मेशिन पनि फेला परेको एसपी राठौरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार