स्वीस खेलाडी शाकिरीलाई कोरोना संक्रमण पुष्टि

अन्तराष्ट्रिय

covid and corona virus

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर जद्रान शाकिरीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । स्विस फुटबल फेडेरेसनले शाकिरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । युईएफए लिग फुटबलका लागि स्विजरल्याण्ड पुगेका शाकिरीलाई कोरोना देखिएको हो ।

स्विजरल्याण्डले नेसन्स लिगमा स्पेन र जर्मनीसँग खेल्दैछ । यसअघि स्विजरल्याण्डले क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोना देखिएपछि शाकिरी सेल्फ आईसोलेसनमा बसेको फेडेरेसनले जनाएको छ । शाकिरी कोरोना देखिने लिभरपुलका तेस्रो खेलाडी हुन् । यस अघि थियागो अलाकान्टरा र सादियो माने कोरोना संक्रमित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार