भारतमा संक्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

अन्तराष्ट्रिय

covid and corona virus

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १ सय ३१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

कुल संक्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी, कुल संक्रमितमध्ये ५७ लाख ४४ हजार ६ सय ९३ जना संक्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५ सय ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९ सय ८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १।५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ । भारतमा अहिले पनि नौ लाख सात हजार ८ सय ८३ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेका छन् । प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै संक्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार