डा.केसीको पक्षमा बीपीका चिकित्सक आन्दोलित

समाचार

govind 1602063200

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा तथा उनका मागप्रति ऐक्यवद्धता जनाउँदै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर र जुनियर चिकित्सक आन्दोलित भएका छन् ।

चिकित्सा क्षेत्रमा व्यापाक सुधारको माग गर्दै पटक(पटक अनशनमा बसेका डा. केसीसँग सरकारले लिखित सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन नभएपछि डा. केसी पुनः १९औँ आमरण अनशनमा छन् ।

अनशन बसेको तीन साता बितिसक्दा पनि सरकारले औपचारिक रूपमा वार्ता टोली गठन नगर्दा तथा माग पूरा गर्नेतर्फ पहल नगर्दा डा। केसीको ज्यान जोखिममा परेको भन्दै चिकित्सक आन्दोलित भएका हुन् ।

बढुवालगायत विभिन्न माग राखेर आन्दोलनरत बीपी प्रतिष्ठानका शिक्षक चिकित्सकले डा। केसीको जीवनरक्षाको पनि माग थपेर आन्दोलन जारी राखेका छन् । उनीहरूले उपकुलपतिको कार्यालयअघि निरन्तर प्रदर्शन गर्दै आएका छन् । यस्तै, जुनियर रेसिडेन्टले पनि डा. केसीको जीवनरक्षाको माग गर्दै चरणबद्ध रूपमा आन्दोलन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार