२४ घण्टामा थपिए ३४३९ मा संक्रमित

ब्यानर

corona

काठमाडौं । गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो ।

आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा ३ हजार ४ सय ३९ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
गत २४ घण्टामा १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।

त्यस्तै, बुधबार १५ संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार