काठमाडौंमा १२ सय ९६सहित ,उपत्यकामा १ हजार ६८४ संक्रमित फेला

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १ हजार ६ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ६ सय ८४ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा १ सय २ सय ९६ जना संक्रमित थपिएका छन् । ललितपुर २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।

आज देशभर १४ हजार २ सय ९ जनाको परीक्षण गर्दा १ हजार २ सय ६१ महिला र २ हजार १ सय ७८ जन पुरुष गरी ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ सय १ सय २६ जना डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार