रसायन शास्त्रको नोवेल पुरस्कार इम्यानुयल कारपेन्टियर र जेनिफर डूडनालाई

विज्ञान प्रविधि

07 10 2020 nobel 20848171

एजेन्सी । चिकित्सा र फिजिक्सपछि यो वर्षको रसायन शास्त्र(केमेष्ट्री) को नोवेल पुरस्कारको घोषणा गरिएको छ । नोवेल पुरुसकार समितिले बुधबार घोषणा गरेअनुसार यस वर्षको रसायन शास्त्रको नोवेल जिनोम एडिटिङको तरिका विकसित गरेकामा इम्यानुयल कारपेन्टियर र जेनिफर डूडनालाई दिइनेछ ।

जेनफिर ए डूडनाको जन्म १९६४ मा वासिंगटनमा भएको थियो । उनी युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रोफेसर छन् । म्यानुयल कारपेन्टियरको जन्म १९६८ मा फ्रान्समा भएको थियो उनी जर्मनीको वर्लिनमा म्याक्स प्लाक युनिट फर द साइन्स अफ प्याथोजेन्सका निर्देशक छन् ।

गत वर्ष लिथियम–आयन ब्याट्री बनाउने वैज्ञानिकलाई रसायन शास्त्रको नोवेल पुरस्कारले सम्मानित गरिएको थियो । स्टाकहोमबाट ‘स्वीडिस अकेडेमी अफ साइन्स’ को प्यानलले विजेताको घोषणा गर्दछ । अहिले साहित्य, शान्ति, र अर्थशास्त्रको क्षेत्रको नोवेल पुरस्कारको घोषणा हुन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार