काठमाडौंका २ हजार ८५ सहित ,उपत्यकामा थपिए २५४० संक्रमित

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । काठमाडौं उपत्यकामा आज २ हजार ५ सय ४० जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंका २ हजार ८५ , ललितपुरका ३ सय २० र भक्तपुरका १ सय ३५ जनामा कोरोना पोजिटिभ देखिएको हो । यो संख्या उपत्यकामा थपिएको अहिलेसम्मकै बढी हो ।

देशभर आज १८ हजार ४ सय ७३ को पीसीआर गर्दा आज देशभर ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार