शुक्रबारको मौसम ःसामान्य बदली, देशभर मौसम सफा रहने

समाचार

mausam

काठमाडौं । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । हाल प्रदेश १ लगायत देशको पहडी भूभागहरुमा आंशिक बदली रहेपनि देशका अन्य स्थानमा भने सामान्यतया मौसम सफा रहेको छ

दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहेपनि सामानयतया मौसम सफा रहेने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार