कर्मचारीमा कोरोना देखिएपछि सञ्चयकोषका सेवा बन्द

समाचार

Karmachary sanchayakosh b22SPKaZSw

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सेवाहरु शुक्रबार बन्द गरेको छ । कोषमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएको भन्दै कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो ।

कोषले कर्मचारी सञ्चय कोषले आफ्ना सेवा बन्द गरे पनि अनलाइनबाटै गर्न सकिने ‘अनलाइन विशेष सापटी सेवा’ यथावत राख्ने जनाएको छ ।

कोषले उपत्यकाभित्र ठमेल, लगनखेल कार्यालय र पुल्चोक र सिंहदरबार सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, वुटवल, कोहल्पुर, धनगढी, सुर्खेतमा कोषका कार्यालय र धनकुटामा सेवा केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार