जब एक्कासी आकासबाट मरेका चराको वर्षा हुन थाल्यो . . .

अन्तराष्ट्रिय

chara

एजेन्सी । अमेरिकाको फिलाडेल्फिया सहरमा ७२ वर्षपछि भएको एक घटनाले स्थानीय त्रसित बनेका छन् । यो सहरमा गत २ अक्टोबरमा आकासबाट एक्कासी आकासबाट पञ्छीको वर्षा हुन थाल्यो । यसमध्ये अधिकांशको मृत्यु भयो ।

यी चरा जाडोको मौसम आउनुभन्दा पहिले दक्षिण तर्फ बसाँई सर्दै थिए । स्थानीयकाअनुसार यस्तो घटना सन् १९४८ मा पनि भएको थियो । चराहरू अचानक मर्न थालेपछि स्थानीय आत्तिएका छन् ।

फिलाडेल्फियामा वन्यजन्तु कार्यकर्ता स्टिफन म्यासिजेभस्कीले यस बारेमा भनिन् ‘कयौं चरा आकासबाट झरिरहेका थिए, मलाई थाहा छैन के भइरहेको छ । यो एउटा विनासकारी घटना हो । सन् १९४८ मा पनि यस्तै भएको थियो ।’ स्टिफनले २ अक्टोबर विहान ५ वजेदेखि ८ वजेसम्मा उनले ४०० चरा जम्मा पारेका थिए ।

क्यानाडा वा अन्य स्थानमा गइरहेका यी चरा अग्ला–अग्ला भवनमा ठोक्किएर झरेको बताइएको छ । विशेषज्ञकाअनुसार यस क्षेत्रमा तापक्रममा तिब्र गतिले घटिरहेकाले चराहरू ठूलासंख्यामा बसाँई सरिरहेका छन् ।

स्थानीय समाचारकाअनुसार कतिपय चरा अग्ला भवनको शिसामा ठोक्किए । यसअघि अमेरिकी संसदमा एउटा विधेयक पेश गरिएको थियो, जसमा धेरै अग्ला भवनमा शिसाको प्रयोग गर्न नपाइने उल्लेख थियो । स्टिफनले पनि शिसाका अग्ला घर चराहरूको अस्तित्वमा खतरा बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार