तुल्सीपुर –१३ का वडाध्यक्षको निधन

समाचार

death cM85eFtTrp

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष डम्बरबहादुर न्यौपानेको आज बिहान निधन भएको छ । ६५ वर्षीय न्यौपानेको बिहान १० बजे राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई निमोनिया भएको आशंकामा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छोरा पोषण न्यौपानेले जानकारी दिए ।

उनलाई विगत केही दिनदेखि समान्य खोकी लागेको थियो । स्थानीय अस्पतालमा केही दिनअघि खोकीको उपचार पनि गरेर घर फर्किएका उनी घरमै आराम गर्दै आएका थिए । आज बिहान अलि अप्ठेरो हुन थालेको बताएपछि गाडीमा राखेर तुल्सीपुर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । वडाध्यक्ष न्यौपाने २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार