उपत्यकामा थपिए १४०९ संक्रमित

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ गरी १ हजार ४ सय ९ संक्रमित थपिएका हुन् ।

देशभर आज १३ हजार २ सय ७९ जनाको पीसीअर गर्दा २ हजार ५९ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ । जसमध्ये २७ हजार ५३ जना सक्रिय संक्रमित हुन् ।

गत २४ घण्टामा देशभर १ हजार ६ सय ८० जना उपचारपछि निको भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार