संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । काठमाडौं कोरोना पोजिटिभ आएको व्यक्ति आइसोलेसनमा नबसे सरकारले ६ महिना जेलमा हाल्ने भएको छ । पोजिटिभ आएका संक्रमित बाहिर हिडेको सूचना आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ती संक्रमतिलाई कारबाही गरिने बताए ।

‘पोजिटिभ आएका व्यक्ति आइसोलेसनमा नबसेको पाइएको छ । यस्तो अवस्थामा घर परिवार वा समुदायले अनुगमन गरेर खबर गर्नुहोला । आइसोलेसनमा नबस्नेलाई संक्रमाक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने छ । आइसोलेसनमा नबस्नेलाई पक्राउ गरेर सजाए दिन गृहमन्त्रालय र जिल्ला प्रशासनलाई भनेका छौं,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार