कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

ब्यानर

kill sub sab hatya death

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८७ वर्षीया एक महिलासहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका २९ वर्षीय, ५२ वर्षीय पुरुष, सुनसरीका ४६ वर्षीय, ५२ वर्षीय र ६८ वर्षीय पुरुष रहेका छन । यस्तै, काठमाडौंका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रूपन्देहीका ४७ वर्षीय र ८४ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । आज १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपर १ सय ६३ जना गरी उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार