‘पीसीआर रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्नू’

ब्यानर

corona corona

काठमाडौं । सरकारले पीसीआरको रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । पीसीआरको लागि स्वाब दिने तर बाहिर हिँड्ने गरेको पाइएकाले रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘टेस्ट गर्न दिने । स्वाब संकलन गर्ने अनि आफ्नो काममा हिँड्ने गर्नु भएन । यो गलत हो । अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ । तपाईलाई पोजिटिभ आयो भने अरूलाई त्यो बीचमा सर्न सक्छ । ’

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार