कोरोना पीडित नेकपा नेतृ शान्ता चौधरीलाई आइसियुमा सारियो

समाचार

120929239 2728266650751456 2801508222216999624 n pYI6AhOom7

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ ।

वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचिवालयले जनाएको छ ।

दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएपछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरुलाई आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरि एसएमएस गर्न आग्रह गरेकी थिइन् ।

उनलाई गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार