कुरा समानताको : अश्लिलता पुरुषले देखाउँछ, लज्जाबोध महिलाले गर्नु पर्ने ? कपडा पुरुषले खोल्छ, मुख लुकाएर हिडनु पर्ने महिलाले ?

बिचार

women t68PybdD1i

यत्रो ठूलो संसारमा कुनै यस्तो ठाउँ छ, जहाँ महिलालाई डर लाग्दैन । संयुक्त राष्ट्र संघले केही वर्ष पहिले एउटा अध्ययन गरेको थियो र एउटा सूचि सार्वजनिक गरेको थियो, जहाँको सडक तथा सार्वजनिक स्थान महिलाका लागि सबैभन्दा खतरनाक छन् । हामीलाई कुनै आश्चार्य भएन त्यो पढदा कि त्याहाँ भारतले सम्मानजनक स्थान पाएन भनेर । यहाँको सडक तथा सार्वजनिक सडकमा हरेक दुई मिनेटमा कुनै न कुनै महिलाले दुब्र्यवहारको शिकार हुनु पर्दछ ।

अहिले केही दिनपूर्व एक जना केटीले ट्वीटरमा आफ्नो अनुभव लेखेकी थिइन् । उनलाई दौडन र साइकल चलाउने सौख छ । तर, जहिल्यै साइकल वा पैदल हिड्दा नराम्रो अनुभव गर्नु परेको छ । कहिले कसैले हातले छाती माडिदिएर जान्छ त कहिले कसैले आफ्नो पाइन्टको जिप खोलेर अगाडि उभिन्छ । कोही पिछा गर्छन र कुनै अश्लिल शब्ल बोल्दै हिड्छन् । हरेक दिन अलग अलग समयमा हिडेर हेरियो, कथा बदलिएन, न उसलाई कसैको डर, न रिस, न त कुनै अफ्ठ्यारो ।

यसैले पुष्टि गर्छ सडक महिलाका लागि कति खतरनाक छन् भनेर । सडकमा डर लाग्दा महिला घरतिर दौडन्छन् । घर घरमा पनि के हुन्छ ? केही समय घरको चर्चा गरौं ।– मेरो घर पछाडिको वस्तीमा एउटा सुन्दर घर थियो । घरमा एक जना सुन्दर महिला थिइन् । उनी पाँच महिनाकी गर्भवती थिइन् । त्यो घरमा धेरैजसो महिलाले कराएको र रोएकोजस्तो आवाज आउथ्यो ।

एकपटक मैले आफ्नो भान्साको झ्याल खोलेर हेरेँ, एक पुरुषले उसको कपाल समातेर पर्खालमा ठोक्काइ दियो । एक पटक त प्रहरी पनि आयो, तर घरेलु मामला भनेर मानिसलाई कुनै पण्डितजस्तो ज्ञानको प्रवचन दिएर गयो । त्यो घरबाट राएको आवाज आउन बन्द भएन । लकडाउनको समयमा सबै पत्रपत्रिकामा एउटा समाचार छापिएको थियो । २५ मार्चदेखि ३१ मईकाबीच १ हजार ४७७ महिलाले घरेलु हिंसाको उजुर िदर्ता गरे । यति छोटो समयमा यति धेरै घरेलु हिंसाको घटना विगत १० वर्षमा पनि भएको थिएन ।

यदी १ हजार ४७७ सुनेर जिब्रो टोक्दै हुनुहुन्छ भने भारतको राष्ट्रि महिला स्वास्थ्य सर्भेको रिपोर्ट पढे पनि हुन्छ, जसमा घरेलु हिंसाका पीडित ८६ प्रतिशत महिला कहिल्यै उजुरीि गर्दैनन्, प्रहरी कार्यालय जान्छर न त अरू कसैको सहयोग माग्छन् । हिंसा वारे बोल्ने, सहयोग माग्ने महिलाको सख्या १४ प्रतिशत छ, यसमा पनि प्रहरी कार्यालय पुग्ने र न्यायालयसम्म पुग्नेको संख्या ७ प्रतिशत मात्र छ ।

अर्थात हाम्रो महान भारतको महान घरहरूमा दैनिक पुरुषको लात, जुत्ता खाइरहेका महिलाको संख्या यसभन्दा धेरै छ, जति राष्ट्रिय क्राइम रेकर्ड ब्युरोमा दर्ता छ । यसको एक रिपोर्टमा भनिएको छ – भारतमा हरेक तीन मिनेटमा महिला आफ्ना पतिबाट पिटिन्छन् ।

मुम्बई उच्च अदालतकी एक प्रसिद्ध महिला वकिलजस्तो, जो महिनाको चार–पाँच दिन अनुहारमा बेस्सरी मेकअप दलेर अदालत आउँथिन् । अनुहारमा फाउन्डेशनको बाक्लो परत र आँखाको तलपट्टी गाजलको बाक्लो रेखा । कसैले केही भन्दैन थिए, तर उनी सुटुक्क कुरा गर्थिन वा हरेक आधाघण्टामा आफ्नो मेकअप जाँच गर्थिन र अन्य महिला वकिलले थाहा पाउँथे वितेको रात उसको घरमा के भएको थियो भनेर । गएरात उनी फेरि पिटिएकी थिइन आफ्नो पतिबाट ।

पिटिन त प्रीति सिंह पनि पिटिएकी थिइन्, आफ्नो ब्वायफ्रेन्ड कविर सिंहबाट, जसमा हालै धेरै ताली पनि पिटिएको थियो । चार दिनपछि फिल्मका डायरेक्टर सन्दीप रेड्डीभांगाले एक अन्तरवार्तामा भनेका थिए ‘त्यो माया पनि के माया, जसमा झापड हान्ने स्वतन्त्रता नहोस् । सोझा पुरुषको झापड पनि माया पनि उसको मायानै हो ।’

पुरुष जति धेरै माया गर्छ, महिला त्यतिनै धेरै मेकअप लगाउँछन् किनभने मायाको चिनो लुकाएर राख्न सकियोस भनेर । घरमा आएका पाहुनाको हाँसेर स्वातग गर्छिन, सबैसंग झूठ बोल्छिन्, भान्सामा गएर लुकेर रुन्छिन् किनभने उनलाई बालखैदेखि यही सिकाइएको छ, बोल्यो भने आफ्नै बदनामी हुन्छ भनेर । हिंसा पुरुषले गर्छ र बदनामी महिलाको हुन्छ । बलात्कार पुरुषले गर्छ चरित्र खराव महिलाको हुन्छ ।

बीच सडकमा पाइन्ट खोलेर पुरुष उभिन्छ, डर महिलालाई लाग्छ । कपडा पुरुषले खोल्छ, अनुहार लुकाउँदै महिलाले हिड्नु पर्छ । अश्लिलता पुरुषले प्रदर्शन गर्छ, उसको अश्लिलतामा महिलाले लाज मान्नु पर्छ । दुब्र्यवहार पुरुषले गर्छ, घरमा बन्द महिलालाई गरिन्छ । नांगो पुरुष समाज छ र महिलाको कपडा जाच्न आयोग गठन गरिन्छ । बलात्कारी पुरुष हुन्छ र बलात्कारबाट बच्ने पाठ महिलालाई पढाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार