सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक, एकैदिन थपिए ५ हजार ८ जना संक्रमित

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ ।
यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्य ६१४ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार