पीडा परदेशीको

कला/ साहित्य

sunil

 

खेतमा धान झुल्यो होला कोदो पाखा भरी
गाउको मात्र झल्को लाग्छ तस्बिर आखा भरी

आज भोली सपनीमा देख्छु गैरी खेत
सम्झनाले रेटिन्छ मन कैले होला भेट

सपनीमा कैले पुग्छु सल्लेरी डाडैमा
कैले हुन्छु बा आमाको नजिकै आडैमा

कैले गर्छन लुटु पुटु काखामा छोरा छोरी
भेट्न पाय रुनी थिय अङ्गालोमा बेरी

पियारीनी रुँदी होलिन फोटो हेरी हेरी
कती दु :खि हुदी होलिन लामु सास फेरी

मखमली फुल्यो होला घरको ओरीपरी
दिदी बैनी रुँदा होलान सम्झी घरी घरी

गाउका साथी संगीहरू घर फिरे होलान्
आउछ भन्दै दाजु भाइले बाटो हेरे होलान्

चाडबाड आउदा सारै दु ख लाउनी परदेशीलाई
कति गारो हुदो होला उता घरदेशीलाई

यस्पाली नि सम्झनामा रुदै बित्नी भयो
नबोल्नी त्यो तस्बिरलाइ छुदै बित्नी भयो

बाचे भने अर्को बर्ष फर्कनी छु घर
मरे भने मन बुजाउनु जिन्दगी के छ र ?

भर हुदैन पर्देशिको जिन्दगि के छ र ?
घर हुदैन परदेशीको जिन्दगि के छ र ?

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार