२० वर्ष कैद सजाय पाएका युवक भक्तपुरबाट पक्राउ

समाचार

pakrau

काठमाडौँ । प्रहरीले अदालतबाट २० वर्ष कैद सजायको फैसला भएपनि कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका–४ बस्ने २२ वर्षीय सुवास सुनार रहेका छन् ।

सुनालाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले जानकारी दिए ।

पक्राउ परेका सुनारमाथि २०६९ साल कात्तिक ८ गते साविक चलालगणेशस्थान–२ का १८ वर्षीय एन्जल तामाङलाई कर्तव्य गरी मारेको अभियोग रहेको छ । उनलाई २०७४ असार १४ गते जिल्ला अदालत काभ्रेले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । सुनारलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिम्लिसनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार