लकडाउनबारे के भन्छन् सरकारका प्रवक्ता ?

समाचार

Pradip Gyawali

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने बताएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले लागू गरेका नियम नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन् ।

यद्यपि, यथास्थितिमा लकडाउन वा निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको उनले बताए । ‘तर नागरिक संवेदनशील भएनन् भने लकडाउन गर्न सरकार बाध्य हुनेछ’, उनले भने ।

लकडाउन गर्नेरनगर्ने कुरा सरकारी आग्रह र अपिलहरू नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए ।

‘काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेका छन’, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले नागरिकहरू नै विशेष सचेत हुनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार