प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

समाचार

kpoli govinda kc

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

१९ औं पटक अनशन बसेका डा। केसीको वार्तामा मुख्य भूमिका खेलेका मन्त्री पोखरेलले सरकारी वार्ता टोली सँगैसँगै थिए ।

सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली कन्ट्याक्ट ट्रेसिङमा परेकाले डा. केसी पनि तानिएका हुन् । शनिबार राति सचिव मैनालीले त्रिवि शिक्षण अस्पतालमा डा. केसीलाई भेटेर सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

डा. केसीसँग सहमति हुनु अगाडि शिक्षा मन्त्री पोखरेल वार्ता टोलीलाई लिएर बालुवाटर प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका थिए । त्यसैले प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

डा. केसी अनशन तोडेर त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत छन् । पाटन अस्पतालमा स्वाब परीक्षण गर्दा आइतबार मन्त्री पोखरेललाई पोजिटिभ देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार