कोरोनाबाट थप ९ को मृत्यु, कुन–कुन जिल्लाका परे

ब्यानर

corona death 1 Uq1DApXuO6

काठमाडौं । देशका विभिन्न जिल्लामा गरी कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा २ महिला र ७ पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जनाको मृत्यु भएको छ। यस्तै ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका १ पुरुषको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार