उपत्यकाका अस्पतालमा अब अप्रेशन नहुने

समाचार

jageswor

काठमाठौं । काठमाडौं उपत्यकाका अस्पतालमा अब कसैको शल्यक्रिया नहुने भएको छ । सरकारले उपत्यकाका अस्पताललाई आकस्मिक बाहेक कसैको अप्रेशन नगर्नु भन्ने आदेश जारी गरेकाले यस्तो हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ ।

लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार