नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५५६ कोरोना संक्रमित

समाचार

corona coroni

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ५५६ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७८ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६९.१ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३५ हजार ९१५ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १५ हजार ४८ छ भने होम आइशोलेसनमा २० हजार ८६७ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ७९५ छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार