श्रेष्ठ दम्पिती, जसको संघर्षले सफलतालाई पछ्यायोे

समाचार

Capture1

काठमाडौं । पाकेको उमेर बृद्ध शरिर, यो उमेरमा कमै मात्रलाई काम श्रम गर्ने जागर पलाउँछ । अझ भनौ ६० को बसन्त पार गरिसकेका पाका उमेरका मानिसलाई काम गर्ने जागर खासै आउँदैन् ।

आफ्नो उमेरलाई थाती राखेर अरूलाई रोजगारी श्रृजना गर्दै हिड्ने उदाहणिय ब्यत्तित्व कमै मात्रमा देखिन्छ । त्यही कमैमध्येका एक हुन्, गौतम मान श्रेष्ठ । श्रेष्ठ हाल उमेरले ६१ औं बसन्त पारगरिसकेका छन् । तर, उनले गर्ने कामप्रतिको लगन हेर्दा जो कोहीले युवाले जस्तो जोस भएको आँकलन गर्न सक्छन् ।

असनमा रहेको पसलमा बिहानदेखि बेलुकीसम्म ब्यस्त श्रेष्ठको दैनिकी अहिले फरक छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसले उनलाई पनि मारमा पारेको छ । करिब ६० जनालार्इ रोजगारी दिदैं आएका उनी अहिले कामदारसँगै आफू पनि फुर्सदिला बन्न पुगेका छन् । करिव ६ महिना भएको लकडाउनले उनको ब्यावसाय ठप्प छ ।

बिद्यालय तथा कलेजका पोसाक र पार्टि प्यालेस को ब्यवसाय गर्दै आएका उनलाई आफ्नो ब्यवसायले पुनः लय कहिले समाउने भन्ने चिन्ता छ । उनलाई ब्यावसाय मात्र होइन त्यही कामबाट रोजि रोटी चनाउने ब्यक्तिको पनि उस्तै चिन्ता छ ।

यो सबै अवस्था आउँदा पनि उनको मुहारमा झल्किने हाँसोले उनको संघर्ष र पीडको कथा सुनाउछ । यो स्थानमा आईसक्न जे जति दुःख गरे यो ठक्करले उनलाई विर्सन दिने छैन । हरेक अफ्ठयारा परिस्थितिलाई सहजताका साथ समाधान गर्न सक्ने खुबी राखेका श्रेष्ठलाई यो चुनौतीलाई चिर्दे अगाडी बढ्ने हौसला भने मिल्नेछ । यही हौसलालाई साहस मान्दै मन्द मुस्कानमा उनी भन्छन् ‘संघर्ष विनाको जीवन पनि के जीवन ?’

121148647 673743853279829 3182092624553052968 n

२०३६ सालमा श्रेष्ठको जीवनले एक नयाँ अध्याय खोल्यो । १९ वर्षको उमेरमा नै परिवारको सहमती बिनानै बिबाह गरेका उनको जीवनले नयाँ रुप लियो । उनीमा ब्यक्तिगत जिम्मेवारीसँगै पारिवारिक जिम्मेवारी पनि थपियो ।

उनी सानो उमेरमा राज्यश्वरी श्रेष्ठसँग बिबाह बन्धनमा बाधिँए । परिवारको सहमति बिनानै बिबाह गरेका उनी परिवारबाट टाढिन पुगे । परिवारबाट टाढा भएर जीवन गुजार्दा कसलाई पो नरमाईलो लाग्दैनर ? उनलाई पनि त्यस्तै भयो । उनीहरु घरनजिकै कोठा भाडामा लिएर बस्न थाले

१८ वर्ष पुग्न थालेकी राज्यश्वरीले पनि आफ्नो नयाँ जीवन यसरी सुरुआत होला भन्ने सोचेकी थिइनन् । नयाँ जीवन सुरुआतको पहिलो पाटोमा उनीहरु दैनिकी चलाउन ठमेलमा पेन्टिङको काम गर्न थाले । त्यो समयमा काठमाडौंको महंगी अनि पेन्टिङको काम । दुबै जनालाई दैनिकी गुजार्न समस्या भयो ।

दैनिकी गुजार्ने पाटो एकातर्फ जीविको पार्जन गर्ने चुनौती अर्को तर्फ । विरामी भएको समयमा औषधिका लागि पैसा छुट्टयाउनु पर्दा केही दिन खाली पेट नै रात गुजार्नु पर्ने अवस्था आउथ्यो । जसोतसो श्रेष्ठ दम्पतीले वार्षिकरूपमा केही रकम जम्मा गर्थे । उनीहरुलाई एक मनमा थियो की जीवनमा यो पैसाले केही गर्न सकिन्छ । वार्षिकरूपमा उनीहरुले जम्मा गरेको ५०० रुपैयाले एउटा ब्यवसाय सञ्चालन गर्ने अवसर मिल्यो । उनीरुले मःमः पसलको सुरुआत गरे ।

नयाँ ब्यवसाय सुरुआत गरेको केही दिन असहज भए पनि पछि राम्रै प्रतिफल निक्लियो । मःमः पसल राम्रोसँग चल्न थाल्यो । जीवनमा पुनः सुखका पलहरू आउन थाले । उनले सञ्चालन गरेको ब्यावसायबाट १२ जना अन्यले पनि रोजगारी पाए ।

भनिन्छ नि संघर्ष गर्ने मान्छेलाई भगवानले धेरै पटक परीक्षा लिन्छन् । त्यस्तै श्रेष्ठले सञ्चालन गरेको मःमः पसल चल्न थालेपछि घरभेटीले उनलाई पसल बन्द गरेर जान भने । श्रेष्ठ दम्पितीलाई हरेक पल्ट बिभिन्न ब्यवसायले बाटो देखायो । उनीहरुले जति ब्यवसाय सञ्चालन गरे त्यसले राम्रो रूप नै लियो । २०४६ सालतिर प्रदर्शनीमार्गमा फर्म र म्याटको पसल खोल्न पुगे ।

मासिक ५० लाखको कारोबार यो सफलबाट हुन थाल्यो । उनले ढुकुटीमा पैसा हाल्न थाले । तर त्यो पैसा सबै खेर गयो । ठूलो लगानिमा रहेको पैसा डुब्दा उनीहरु पुनः सामान्य अवस्थामा आउन बाध्य भए । छोरा छोरीलाई पनि राम्रो शिक्षा आर्जन गर्नका लागि धौं धौं पर्न थाल्यो । २०४९ तिर श्रेष्ठ दम्पितीले पुनः नयाँ ब्यावसाय खोले । उनको त्यो व्यावसायले धेरै ठूलो सफलता हात पार्दै गयो ।

राजधानीका धेरै कलेज तथा विद्यालयले उनीबाट नै सामानहरूको अडर गर्न थाले । ठूलो सफलतामा उनी एक्लै भने थिएनन् । उनीसँगै ४० जनाले कपडा पसलबाट रोजगारी पाएका थिए । मिरा के डल्लेक हाउसमा पनि उनले धेरैलाई रोजगारी प्रदान गरेका छन् ।

उनले त्यहाँ पनि फरक खालको ब्यवासाय सञ्चालनमा ल्याएका छन् । करिब ६ करोडको लगानी गरेर दैनिक उपभोय बस्तु चामलको बिक्रीवितरण गर्ने अन्तिम चरणमा छन्। उनी हाल आफूले पाएको सफलता सबैमा बाड्न चाहन्छन् । कुनै पनि ब्यवसाय सञ्चालन गर्दा आफूले कसैको पनि साथ नपाएको पललाई सम्झदै उनी आफूसँग केही सिक्न आएमा सहजै सिकाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार