मखमलीको माला उन्न किसानलाई भ्याईनभ्याई (केही फोटो)

अर्थ/बाणिज्य

makhamali 1

काठमाडौं । भर्खर दसैं सुरु भए पनि कवजारमा कुनै चहलपहल देखिदैन, तर तिहारमा प्रयोग हुने मखमली फूलको माला बनाएन किसानलाई अहिलेदेखि नै भ्याईनभ्याई छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुमा मखमली फूलको खेती निकै फस्टाएको छ ।

2 makh
तिहारमा दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टिकासंगै मखमली फूलको माला लगाई दिने परम्परा छ । त्यही भएर यहाँका किसानले तिहारलाईनै लक्षीत गरी पमखमली फूलको खेती गर्दै आएका छन् । धेरै माला उन्नु पर्ने भएकाले अहिलेदेखिनै नगरे नभ्याइने र पछि यो फूलको त्यति प्रयोग नहुने भएकाले किसानलाई अवसर छोप्न भ्याइनभ्याइ भएको हो ।

3 makh

मखमली फूलको माला लगाए दिए दाजुभाईको आयु पनि यही फूलजस्तो कहिल्यै नओइलाउनेजस्तो दिर्घजीवी हुने विश्वास गरिन्छ । तिहारमा एउटा मालाको ३० देखि ४५ सम्ममा बिक्री हुने अनुमान कृषकले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार