बैंकहरुमा भिड बढ्यो

अर्थ/बाणिज्य

2020 10 18 12Bank 3

काठमाडौं । कोभिड संक्रमणको जोखिमका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइँचो बढेको छ ।बैंकहरुले सबै शाखा कार्यालयहरुमार्फत सेवा दिए पनि पैसा राख्‍ने र झिक्नेहरुको संख्या बढेको हो । दसैं नजिकिँदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकाले पनि भिड बढेको छ । कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडकसम्मै आएको देखिएको छ ।

कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्ण रुपमा सेवा दिन नपाएकाले भिड बढेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले डिजिटल बैंकिङमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाए पनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्न बैंकसम्मै पुग्‍नुपर्ने अवस्था छ ।

यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरि पनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार