आइपिएलमा आज मुम्बई पन्जाबसंग भिडदै

खेलकूद

Pandya Mumbai 1024x582 1

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा आज मुम्बई इन्डियन्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ स् ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । मुम्बई आजको खेलमा पन्जाबलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहान्छ । शीर्षस्थानमा रहेको दिल्ली क्यापिटल्सले ९ खेलमा ७ मा जित र २ मा हार बेहोरेको छ । पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।

अन्तिम चारमा रहेर प्ले अफ खेल्न पन्जाबलाई आजको खेल जित्नै पर्ने हुन्छ । पछिल्लो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको थियो । बेंगलोरलाई हराएको पन्जाबको मनोबल उच्च छ । बलियो मुम्बईलाई पन्जाबले बलियो चुनौती दिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार