उपत्यकामा १६९८ जनामा कोरोना संक्रमण पुष्टि

ब्यानर

ktm 2

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार बितेको २४ घण्टामा देशभर भने २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।
यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यस्तै थप१२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ। हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर हुँदा कुल संक्रमित १ लाख ३२ हजार २४६ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार