खोप आए पनि बृद्धबृद्धालाई लगाउन यस्तो छ अफ्यारो

ब्यानर

2020 10 18 Covid12

एजेन्सी । काल्पनिक संसारको कुरा गरौं( हामीसँग कोरोनाविरुद्धको खोप पहिलेबाटै उपलब्ध छ, यस्तो अवस्थामा विश्वभरका नेताहरुका सामु यति ठूलो जनसंख्यामा खोप कसरी पुर्‍याउने भन्ने अहम् चुनौती छ । बिरामीको सबैभन्दा बढी खतरा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरुलाई छ, त्यस कारण सबैभन्दा पहिले उनीहरुलाई सुरक्षा दिनुपर्छ । तर, यो त्यति सहज भने छैन । यस्तै वृद्धवृद्धाहरुमा पनि कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम छ ।

क्यानडाको ग्युलेफ विश्वविद्यालयमा भ्याक्सिनोलोजीका प्रोफेसर श्यान सरिफ भन्छन्, “हामीसँग वृद्धवृद्धाहरुका लागि तयार गरिएका भ्याक्सिनको संख्या अत्यन्तै थोरै छ । पछिल्लो एक सय वर्षबाट बढीजसो भ्याक्सिन बच्चलाई ध्यानमा राखेर बनाइएका छन् ।”

उनकाअनुसार दादको खोप ७० वर्षभन्दा पाको उमेरका व्यक्तिहरुक लागि बनाइएको छ । मेनिन्जाइटिस र पेपिलोमा भाइरसजस्ता केही बिरामीको भ्याक्सिन युवा उमेर समूहका मानिसहरुलाई ध्यानमा राखेर बनाइएको छ । यसका साथै प्रायः बढीजसो भ्याक्सिनहरु बच्चहरुलाई ध्यानमा राखेर बनाइएको छ ।

वृद्धको शरीरको रक्षातन्त्रको असर

सरिफका अनुसार, बच्चहरुसँग सम्बन्धित रोगबारे हामीसँग धेरै जानकारी छ । युवा र वृद्धहरुको कुरा आउँदा यस विषयमा हामीसँग त्यति धेरै अनुभव छैन । उनी भन्छन्, ‘‘वृद्धवृद्धालाई भ्याक्सिन दिन असहज छ किनकि यसका लागि उनीहरुको शरीरको रोग प्रतिरक्षा प्रणाली बुझ्न आवश्यक छ ।’’ सरिफ सम्झाउँछन्( पाको उमेरका मानिसहरुको इम्युनोसेनेसेन्स अर्थात् इम्युन सिस्टम बूढो हुने खतरा रहन्छ । हाम्रो शरीरका कुनै पनि अन्य अंग जसरी हाम्रो रोग प्रतिरक्षा प्रणालीमा पनि वृद्धावस्थाको लक्षण देख्‍न सकिन्छ । उमेरका साथसाथै कैयौं कोषिकाहरु आफ्नो काम सही ढंगबाट गर्न सक्दैनन् ।

प्रतिरक्षा प्रणाली अत्यन्तै जटिल हन्छ, यसमा कैयौं कोषिकाहरु एक(अर्कासँग मिलेर काम गर्छन् । यदि यो सिस्टममा कहीँ केहीले काम गरेनन् भने त्यसको असर पूरै सिस्टमको लड्ने प्रक्रियामा पर्छ । यदि मानिसलाई कुनै किटाणु अथवा विषाणुले संक्रमित गर्दा रोग प्रतिरक्षा प्रणालीको पहिलो लेयरले त्यसमाथि आक्रमण गर्न सुरु गर्छ । श्वाससम्बन्धी रोगका लागि यो काम फोक्सो, श्वासनली र नाकको सहायतामा गरिन्छ ।

ह्‍वाइट ब्लड सेल अथवा म्याक्रोफेजेस, विषाणुमाथि हमला गर्छन् र त्यसलाई नष्ट गर्छन् । म्याक्रोफेजेसले विषाणुलाई टुटाएपछि उसले त्यसलाई इम्युन सेललाई दिन्छ, जसलाई टी(सेल भनिन्छ । यिनीहरुले प्रतीरक्षा प्रणालीमा ‘स्मरण शक्ति’ झै काम गर्छन् । टी(सेल स्वयं विषाणु देख्‍न सक्दैनन् । तर त्यसको पहिचान गरेर याद राख्‍ने काम गर्छन् ताकि अर्कोपटक त्यही विषाणुले आक्रमण गर्दा शरीरको प्रतीरक्षा प्रणालीलाई सचेत गराउँदछन् । टी(सेलले अघिल्लो लेयरलाई सक्रिय बनाएर प्रतिरक्षा प्रणालीलाई अझै प्रभावकारी बनाउँदछन् ।

वृद्ध व्यक्तिको प्रतिरक्षा प्रणाली कस्तो हुन्छ ?

इन्सब्रुक विश्वविद्यालयका बिरट्ज वेनबर्गर भन्छन्, “ती साइटोकाइन्स ९प्रोटिन जसले प्रतिरक्षा कोषिकाहरुबीच सञ्चारमा सहायता गर्छ० को एक अलग सेटको उत्पादन गर्छन् । मलाई लाग्छ एक महत्त्वपूर्ण मुद्दा जसमा ध्यान दिन आवश्यक छ त्यो के भने कोषिकाहरुमध्ये कसैले पनि आफ्नो बलमा काम गर्न सक्दैनन् ।”

यदि म्याक्रोफेजेसले ठीक तरिकाले काम गर्न सकेन भने टी(सेल पनि ठीक तरिकाले सक्रिय हुँदैन । बी(सेलबाट कोषिकाहरुलाई कम मद्दत मिल्छ र कम एन्टिबडीको असर प्रतिक्रियामा हुन सक्छ ।

वेनबर्गर भन्छनु, “प्रतिरक्षा प्रणालीका सबै अलग(अलग भागले कसरी एक साथ काम गर्ने गरी तयार गर्ने भन्ने कुरा ध्यान दिन जरुरी छ ।” सरिफ भन्छन्, “हामीसँग हामीअनुकूल प्रतिरक्षा प्रणालीमा बी(सेल र टी(सेलको एक सीमित संख्या छ र हामी समयका साथ तीमध्ये केहीलाई गुमाइदिन्छौं जसले पछि जीवनमा समस्याहरु पैदा गर्न सक्छन् ।”

मानिसले कुनै नयाँ किटाणु वा विषाणु सामना गर्दा प्रतिक्रियाको क्षमता सीमित हुन्छ । जानकारहरुका अनुसार इम्युनोसेनेसेन्स सबै मानिसहरुलाई समान रूपले प्रभावित गर्न सक्दैन । (बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार