पहिरोले पुरिएर ११ सैनिकसहित ७० जनाको मृत्यु

अन्तराष्ट्रिय

vityanam

भियतनाम । भियतनाममा पहिरोमा पुरिएर ११ जना सैनिकको मृत्यु भएको छ । सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेकोमा ११ जनाको मात्र शव फेला परेको हो । पहिरोले पुरिएका ११ जना बेपत्ता भएका छन् ।

एक सातादेखि परेको भारी वर्षाका कारण पहिरोमा परेर ७० जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । । त्यसमध्ये ११ को शव फेला परेको बताइएको छ ।

सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जानसक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार