केएमसीको तेश्रो तलाबाट हाम्फालेका युवाको मृत्यु

समाचार

kmc hospital Erk4hELujY n00O6JEYzJ

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालको तेस्रो तल्लाबाट हाम्फालेका रोशन खड्काको मृत्यु भएको छ । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय खड्काको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।

सोमबार बिहान पौने ९ बजे आमा औषधी किन्न गएका बेला रोशनले अस्पतालबाट हाम्फालेर आत्महत्या प्रयास गरेका थिए । केएमसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठिक नभएको अस्पताल स्रोतले जनाएको छ । आईतबार डेरामा आफैंलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार