बेल्जियमको फाइजर प्लान्टमा कोरोनाको भ्याक्सिन उत्पादन सुरु

अन्तराष्ट्रिय

vacsin

एजेन्सी । कोरोना महामारीसंग लडीरहेका विश्वलाई खुसीको खबर छ । युरोपिय देश बेल्जियममा कोरोनाको भ्याक्सिन उत्पादन सुरु गरिएको छ ।

प्रसिद्ध औषधि कम्पनी फाइजरले संभावित कोरोना भ्याक्सिनको लाखौं डोजको उत्पादन आफ्नो प्लान्टमा सुरु गरिसकेको छ । अमेरिकी कम्पनी फाइजरले यो वर्षको अन्त्यसम्ममा १० करोड डोज उत्पादन गरिसक्ने जनाएको छ ।

यो भ्याक्सिन प्रति संक्रमित दुई डोज दिइनेछ । फाइजरले जर्मनीको बायोटेकसंग मिलेर कोरोना भ्याक्सिनलाई ४४ हजार जनामा तेश्रो चरणको परीक्षण गरिरहेको छ ।

कम्पनीका सबैभन्दा ठूला अधिकारी ब्रिटेनका आसवर्नले भ्याक्सिनका शिशीहरू उत्पादनको लाइनमा देखेर खुसी लागेको बताएका छन् । हाम्रो यो प्रयासलाई सफलता उक्लिदै गरेको देखेर आफ्नो ओठमा मुस्कान छाएको उनी बताउँछन् ।

आगामी महिना (नोभेम्बर) मा अमेरिकामा भ्याक्सिनको आपतकालिन स्वीकृतिका लागि आवेदन गरिनेछ । यसबाट कोरोना भ्याक्सिन उत्पादनमा फाइजर अग्रणी हुने छ ।

ब्रिटेनका उप मुख्य चिकित्सा अधिकारी जोनाथन वान टाइमले गत साता संसदमा अक्सफोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिन परीक्षणको तेश्रो चरणमा छ, यो डिसेम्बरमा आउने संभावना रहेको बताएका थिए । हामी अब भ्याक्सिनबाट धेरै टाढा छैनौं, क्रिसमसको लगत्तै भ्याक्सिन आइसक्नेछ भन्दा गलत नहुने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार