थप ३७ सय जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

ब्यानर

jageshwar jgaum

काठमाडौं । नेपालमा विगत २४ घण्टामा ३ हजार ७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । सो अवधिमा देशभरि १५ हजार ७१४ वटा नमुना परीक्षण गरिएको थियो।

काठमाडौं उपत्यकामा सर्वाधिक संक्रमित भेटिने क्रम जारी छ । अहिले पुष्टि भएका संक्रमितमध्ये २ हजार ३८८ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।योसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या एक लाख ३६ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा सोमवार दिउसोसम्म थप १८ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

योसहित नेपालमा अहिलेसम्म ७५७ संक्रमितको मृत्यु भएको देखिन्छ । मन्त्रालयकाअनुसार २४ घण्टाको अवधिमा देशभरि २ हजार ३३५ संक्रमित रोगमुक्त भएका छन् । अहिलेसम्म ९४ हजार ५०१ संक्रमित निको भइसकेका छन्। यो संक्रमितको कुल संख्याको ६९.५ प्रतिशत हो।

आइतवार मन्त्रालयले २ हजार ९४२ जनामा संक्रमण र १२ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार