फेरियो ललितपुर नगर प्रहरीको पोशाक

स्थानिय खबर

posak

काठमाडौं । ललितपुर महानगरपालिकाले नगर प्रहरीको पोशाक परिवर्तन गरेको छ । नागरिकले नगर प्रहरीलाई हेर्ने दृष्टिकोण बदल्नका लागि पोशाक परिवर्तन गरिएको हो ।

यसअघिको पोशाकले नगर प्रहरी देख्दा नै नागरिक डराउने भएकोले पोशाक परिवर्तन गरिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

यसअघिको पोशाक करिब(करिब प्रहरीकै जस्तो रहेको थियो । अहिले पि–क्याप र टाइ, बेल्डसहितको खाकी रङको पोशाक बनाइएको छ ।

सोमबार एक कार्यक्रमकाबीच महानगरका मेयर चिरिबाबु महर्जनले नगर प्रहरीलाई क्याप लगाइदिएर नयाँ पोशाकको सार्वजनिक गरेका हुन् ।

ललितपुरमा हाल ७२ जना नगर प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार