त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान

समाचार

News.Still014 1603185147

काठमाडौ । काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ । रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

ट्राफिक लाइट जडान गरी महाशाखालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले विभिन्न संघ संस्था र स्थानीय तहसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालन गरिएको बताए ।

मंगलबारसम्म काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसकेको पनि उनले बताए । उपत्यकामा ९ वर्षदेखि बिग्रिएर रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापनमा सहज भएको पनि ढकालले बताए । लाइटको माध्यमबाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभई नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास हुने पनि उनले बताए ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजना अनुरुप विभिन्न स्थानमा बिग्रिएर रहेका लाइटहरूको मर्मत गरी प्रयोग गरिएको पनि ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार