पाँच हजार बढी संक्रमित थपिए, २६ जनाको मृत्यु

ब्यानर

jageshwar jgaum

काठमाडौं । नेपालमा विगत २४ घण्टामा ५,७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको छ। यो संख्या सर्वाधिक दैनिक वृद्धि हो । सो अवधिमा देशभरि २० हजार ११८ वटा नमुना परीक्षण गरिएको थियो।

काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल संख्या एक लाख ४४ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप २६ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। योसहित नेपालमा अहिलेसम्म ७९१ संक्रमितको मृत्यु भएको देखिन्छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि २ हजार ९९६ संक्रमित रोगमुक्त भएका छन्। अहिलेसम्म ९९ हजार ६०५ संक्रमित निको भइसकेका छन्।

मंगलवार मन्त्रालयले ३ हजार ०९३ जनामा संक्रमण र आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार